दफा २०
विशेष अदालतको विघटन
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष अदालतलाई विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विशेष अदालत विघटन भएमा विघटन हुँदाका बखत विशेष अदालतमा दायर भै किनारा हुन बाँकी रहेका मुद्दा वा उजुरी सम्बन्धित प्रादेशिक क्षेत्राधिकार भएको पुनरावेदन अदालतमा सर्नेछन् ।